४ पुस २०८२, शुक्रबार

सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

प्रकाशित मिति :  31 May, 2023 4:39 pm


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा। खतिवडाले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने जिकिर गरे। सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको उनको भनाइ थियो।

उनले १५ औं योजनाको अन्तिम भएकाले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वैदेशिक लगानीमा सरकार लामो बोलेको अनुसार लगानी आए पुग्ने सम्भावना रहेको बताउँदै बैंकिङ क्षेत्रको निक्षेप र सरकारको बचतले समेत नपुग्ने भएकोले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए ।

उनले नेपालको जिडिपीको ६ प्रतिशत मात्रै बचत रहेको भन्दै नेपालमा बचत प्रणाली कमजोर रहेको र सरकारले साधरण खर्च कटौतिको शुरुवात गर्नु राम्रो भएको बताए ।

पूर्व अर्थमन्त्री डा. खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिए । उनले अर्थमन्त्री आफूले गरेको कामको पूर्णजिम्मेवारी हुने भन्दै पदबाट भाग्न नहुने बताए । उनले मन्त्रीले गरेको काममा छानबिन भए छानबिन गर्न तयार हुनु पर्ने र करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुँदा सधै शंका पैदा हुने हो भने आर्थिक ऐन नल्याए पनि हुने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !