४ पुस २०८२, शुक्रबार

लगानीकर्ताले लगाए ब्रोकर कार्यालयमा ताला

प्रकाशित मिति :  4 June, 2023 11:03 am


काठमाडौँ । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले ब्रोकर कार्यालय बन्द गराएका छन् । आज बिहानैदेखि लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर तालाबन्दी गरिरहेका छन् ।

आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गर्न गएका लगानीकर्ताहरूलाई प्रहरीले रोके पछि लगानीकर्ताहरुले ब्रोकरको कार्यालयमा तालाबन्दी गरेका हुन ।

विगत चार दिनदेखि आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विद्ययक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्।

विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने माग राख्दै लगानीकर्ताहरू सडकमा उत्रिएका हुन् । पूँजीगत लाभकरनै अन्तिम कर नमानेसम्म आन्दोलन नरोकिने लगानीकर्ताले जनाएकाम छन् ।

आन्तरिक राजस्व विभागले पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुबिधा उत्पन्न हुने गरी सूचनाहरू जारी गरेपछि लगानीकर्ताआन्दोलनमा उत्रिएका हुन ।



प्रतिक्रिया दिनुहोस !