१५ चैत्र २०८२, आइतबार

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  4 June, 2023 11:59 am


काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । लगातार बढेर तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य अाज तोलाको १७०० रुपैयाँ घटेर तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि घटेर तोलाको एक लाख ११ हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँ घटेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा चाँदी तोलाको १४३५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !