४ पुस २०८२, शुक्रबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  5 June, 2023 11:25 am


काठमाडौँ । आज सोमबार सुनचाँदी बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार प्रतिताेला एक लाख ११ हजार ६०० मा काराेबार भएको छापावाला सुनको मूल्य स्थिर रहि आज सोमबार पनि सोही मूल्यमानै कारोबार हुने जनाएको छ ।

महासंघको जानकारी अनुसार तेजावी सुन तोलाको एक लाख ११ हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार १४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमानै कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !