१६ असार २०८३, मंगलबार

उकालो लाग्यो सुन, कतिमा हुँदैछ आजको कारोबार ?

प्रकाशित मिति :  6 June, 2023 12:15 pm


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार तोलामा ९०० रुपैयाँ बढेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको जानकारी अनुसार आज तेजावी सुनको मूल्य तोलाको एक लाख ११ हजार ९५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !