६ जेष्ठ २०८१, आइतबार

दाङको बंगलाचुली-४ का १० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  18 April, 2020 3:59 pm



दाङ, ६ वैशाख ।

दाङको बंगलाचुली गाउँपालिका वडा नं.४ झुलीडाँडा क्वारेन्टाईनमा रहेका १० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

शनिवबर उनिहरुको आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सी.ले जानकारी दिए ।

आरडिटी गरीएका मध्य ७ जनालाई आजै घर पठाईएको छ । उनिहरुलाई एकहप्तासम्म होम क्वारेनटाईनमा वस्ने गरी घर पठाईएको प्रमुख जि.सीले जानकारी दिए ।

घर जानेहरुमा २ महिला र ५ पुरुष रहेका छन् । बंगलाचुली गाउँपालिका वडा नं.२ का ३ जना,३ का दुई जना र ४ का २ जनालाई घर पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस !