६ जेष्ठ २०८१, आइतबार

भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशालाका लागि विज्ञ टोली पुग्यो

प्रकाशित मिति :  18 April, 2020 4:49 pm


बाँके, ६ वैशाख ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशालाका लागि विज्ञ टोली काठमाण्डौंबाट आज पुगेको छ ।

विज्ञ टोलीले आजै स्वाब परीक्षणको प्रक्रियागत विषयमा अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरेको छ ।

पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

टोलीले पीसीआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौँ, उपकरणले दुरुस्त काम ग¥यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’डा.थापाले  भने ।

भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले परीणमा समेत ढिलाइ भएको हो ।



प्रतिक्रिया दिनुहोस !