सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 11 June, 2023 11:41 am
काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार अघिल्लो कारोबारमा तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार स्थिर रहि सोही मूल्यमानै कारोबार हुने जनाएको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार तोलाको १४५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।








