६ जेष्ठ २०८१, आइतबार

बाँकेमा ९० जनाको स्वाबको नमुना प्रयोगशालामा परीक्षण, सबै रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  18 April, 2020 6:59 pm


बाँके, ६ वैशाख ।

बाँकेमा अहिलेसम्म ९० जनाको कोरोना भाइरसको  नमुना प्रयोगशालामा परीक्षण गरिएको छ ।

परीक्षण गरिएको नमुनाको परीक्षण सबै नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका महामारी फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

एकसय जनाको नमुना संकलन भएको मध्य १० जनाको नतिजा आउन बाँकी छ ।

बैशाख ३ गते आइसोलेसनमा राखिएका बाँके जिल्ला भित्रका भेरी अस्पताल ३, मेडिकल कलेज कोहलपुर ८, मेडिकल कलेज कोहलपुर ४, गरि जम्मा १५ वटा नमुना मध्ये अहिले सम्म १३ जनाको नमुना रिपोर्ट प्राप्त भएकोमा सबैको परीक्षणमा कोरोना भाइरस नदेखिएको कार्यालयको भनाई छ ।

उक्त दिन संकलन गएिका नमुनामध्य २ जनाको रिपोर्ट आउन बाँकी छ । आज थप ८ जनाको नमुना संकलन गरिएको छ ।

यसअघि सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य कार्यालयले भनेको छ,‘जम्मा एक सय जनाको स्याम्पल कलेक्सन गरिएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आई सकेको छ भने अब १० जनाको ल्याब नतिजा आउन बाँकी रहेको छ ।’

आरडीटी विधि मार्फत गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ छ ।



प्रतिक्रिया दिनुहोस !