६ जेष्ठ २०८१, आइतबार

बागलुङकी ६५ वर्षीया महिला पनि कोरोना निको भएर घर फर्किइन्

प्रकाशित मिति :  18 April, 2020 8:52 pm


कोरोना निको भएर घर फर्कनेक्रममा ६५ बर्षीय महिला बागलुङ अस्पताल परिसरमा

बागलुङ, ६ वैशाख ।

बागलुङकी ६५ वर्षीया महिला पनि कोरोना निको भएर घर फर्किएकी छन् ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिला निको भएर आज घर फर्केकी हुन् ।

तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अस्पतालमा १७ दिन उपचार गरेर उनी घर फर्केकी धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए ।

उनी गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी थिईन् । उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार गरिएको थियो ।

आजै काठमाण्डौंको टेकु अस्पतालमा उपचाररत काठमाण्डौंकी प्रसिद्धी श्रेष्ठपनि कोरोना निको भएपछि घर फर्केकी थिइन् । यससँग कोरोना संक्रमति ३१ जना मध्य ३ जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित समाचार:



प्रतिक्रिया दिनुहोस !