४ पुस २०८२, शुक्रबार

तोलामा ३०० रुपैयाँ बढ्यो सुन, कति छ आजको मूल्य ?

प्रकाशित मिति :  13 June, 2023 11:09 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुन तोलाको ३०० रुपैयाँ बढेर एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १२ हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार तोलाको १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर तोलाको १४५० रुपैयाँमा कारोबार भइरेको छ ।



प्रतिक्रिया दिनुहोस !