६ जेष्ठ २०८१, आइतबार

नेपालगञ्जको भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार, भोलीदेखि नियमित परीक्षण सुरु हुने

प्रकाशित मिति :  18 April, 2020 9:21 pm


भेरी अस्पतालमा पीसीआर मेसिनको परीक्षणका क्रममा । फोटो : भेरी अस्पतालको फेसबुकबाट

बाँके, ६ वैशाख ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस ९कोभिड(१९० को पीसीआर मेसिन जडान गरी सफल परीक्षण गरिएको छ ।

अस्पतालले आज साँझ ७ बजेतिर ‘आरटीपीसीआरबाट कोरोना परीक्षणको निम्ति सबै तयारी पूरा भएको जानकारी गराएको हो । भोलिबाट सेवा सुरु हुने अस्पतालले आफ्नो फेसबुक पेजमा जानकारी गराएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले पीसीआर मेसिनको दिउँसैै सफल परीक्षण भएपनि साँझ ७ बजेपछि फेसबुक पेजबाट ‘खबर ब्रेक’ गरेको बताए ।

उनले बाँके जिल्लाबाटै चार पाँच वटा स्वाबका नमूना आइसकेकाले आइतबारदेखि नियमित परीक्षण हुने जानकारी दिए ।

भेरी अस्पतालमा प्रयोगशाला सञ्चालनका लागि विज्ञ टोली काठमाण्डौं आज नेपागञ्ज पुगेको थियो ।

विज्ञ टोलीले आजै स्वाब परीक्षणको प्रक्रियागत विषयमा अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल र परामर्श गरेको थियो ।

भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले परीक्षणमा समेत ढिलाइ भएको हो ।

भेरी अस्पतालको प्रयोगशाला प्रदेश ५ को दोस्रो हो । यसअघि भैरहवामा सञ्चालनमा आइसकेको छ । प्रदेश सरकारले नेपालगञ्ज, दाङ र भैरहवामा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेपनि दाङमा भने अझै सुरु हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !