सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति : 14 June, 2023 11:43 am
काठमाडौँ । आज वुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज वुधबार तोलाको ९०० रुपैयाँले घटेर तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मुल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
वुधबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघको जानकारी अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको १४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।








