एक दिन ढिलो गरेर नेपालमा मनसुन भित्रियो
प्रकाशित मिति : 14 June, 2023 2:17 pm
काठमाडौँ । यस वर्षको मनसुन आज नेपाल भित्रिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, पूर्वी मधेश प्रदेश,बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनुसनको आगमन भएको हो ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि एक दिन ढिला गरी प्रवेश गरेको हो ।
महाशाखाका अनुसार नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने छ ।








