४ पुस २०८२, शुक्रबार

बागमती प्रदेशसभाको बैठक बस्दै

प्रकाशित मिति :  15 June, 2023 10:45 am


काठमाडौँ । आज बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे बस्ने बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०\८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् ।

बैठकमा सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०र८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !