१५ चैत्र २०८२, आइतबार

आदिपुरूषको बिहानी शो सुरक्षाको कारण रोकियो

प्रकाशित मिति :  16 June, 2023 11:12 am


काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दु धर्म ग्रन्थ रामायण आधारित भारतिय फिल्म आदिपुरुष असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले बिहानी शो रोकेका छन्।

बिहिबार फिल्ममा समावेश ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। काठमाडौँ महानगरपालसकाका मेयर बालेन शाहले ‘जानकी भारतीय छोरी’ भन्ने संवाद भारतमा नसच्चाए काठमाडौँभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको थिए ।

सेन्सर बोर्डले उक्त संवाद हटाएर फिल्म चलाउन अनुमति दिएको थियो। तर, दर्शकहरूमा आक्रोश देखिएको भन्दै बिहानी शो रद्द गरिएको क्युएफएक्सले जनाएकाे छ।

सेन्सर बोर्डले विवादित संवाद म्युट गरेर फिल्म चलाउन अनुमति दिएपनि । दर्शक आक्रोशित भएकाले सुरक्षा नपुग्ला भन्दै बिहानी शो रद्द गरेको हो ।

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सिडिसी सिनेमाज लगायतका हलहरूले शो रोकेका छन्। उपत्यकाबाहिर भने आदिपुरुषको प्रदर्शन भइरहेको छ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।



प्रतिक्रिया दिनुहोस !