२४ माघ २०८२, शनिबार

पूर्वी नेपालमा बाढी पहिरोको कारण २५ जना बेपत्ता, एक जनाको मृत्यु

प्रकाशित मिति :  18 June, 2023 9:54 am


काठमाडौँ । गएरातिको भएको अविरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति पुगेको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भइसकेको छ । विभिन्न ठाउँमा पुलहरु भत्किएर सठक अवरुद्ध भएको छ ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए



प्रतिक्रिया दिनुहोस !