बेपत्ता भएकाहरुको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रकाशित मिति : 18 June, 2023 10:10 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता भएका नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरुको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन् ।
गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुलहरु भत्किएर सडक अवरुद्ध भएको छ ।








