५ पुस २०८२, शनिबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  18 June, 2023 12:37 pm


काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार गत शुक्रबार एक लाख ११ हजार ८०० रुपैयाँका कारोबार भएको छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबारमा तोलाको १४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला २० रुपैयाँ बढेर तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !