२३ माघ २०८२, शुक्रबार

आजदेखि काठमाडौंमा हिन्दी फिल्म नचल्ने

प्रकाशित मिति :  19 June, 2023 7:51 am


काठमाडौँ । आज देखी काठमाडौंमा हिन्दी फिल्म नचल्ने भएका छन् । भारतिय चलचित्र ‘आदिपुरुष’ मा समावेश संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाएपछि हिन्दी फिल्म नचल्ने भएकाे हाे ।

यसअघि मेयर बालेन शाहले आदिपुरुषमा समावेश भएको संवाद जानकी भारतिय छोरी हुन भन्ने शब्दलाई हटाउन ३ दिनको समय दिएका थिए । फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले एक अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएपछि फिल्म झन् विवादमा आएको छ ।

उनले लेखेका छन् “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ” ।’

उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस !