पोखरा महानगरपालिकामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक
प्रकाशित मिति : 19 June, 2023 9:54 am
काठमाडौँ । भारतिय चलचित्र ‘आदिपुरुष’ मा समावेश संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्रका फिल्म हलहरुमा फिल्म प्रतिबन्ध लगाएपछि पोखरा महानगरपालिकाले पनि फिल्म प्रदर्शनमा रोक लगाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक पत्र लेख्दै पोखरा महानगरका श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले एक अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएपछि फिल्म झन् विवादमा तानिएकाे हाे ।








