५ पुस २०८२, शनिबार

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

प्रकाशित मिति :  20 June, 2023 11:57 am


काठमाडौँ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाइले प्रभु बैंकसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो।

यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षको लागि) हुन्डाइ कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन्।

बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने बताइएको छ।

कम्पनीका अनुसार हुन्डाइ कोना र आयोनिक ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै इभीले ग्राहकको मन जित्न सफल भएका छन्।

हुन्डाई कोना ३ वटा भेरियन्टमा उपलब्ध छ। कोना एनएसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ, कोना जिएलको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ र कोना जिएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

साथै, आयोनिक ५ जिएलएस भिजन रुफ भेरियन्ट १ करोड दुई लाख ९६ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरूम तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !