२२ बैशाख २०८१, शनिबार

यामाहाकाे अफरः मोटरसाइकल वा स्कूटर खरिद गर्दा २ वर्षकाे सडक कर नि:शुल्क

प्रकाशित मिति :  21 June, 2023 8:30 am


काठाडाैँ । – दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी यामाहाले नेपालभर सवारी साधन खरिद गर्नेका लागि यामाहा ट्याक्स रिल्याक्स अफर ल्याएकाे छ। जन अनुसार यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै जाेडिएर आउने भएकाे हाे। 

“यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ,” यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, “यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।” उनले यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिवद्धता प्रमाणित भएकाे उनकाे बनाइ छ।

सडक करजस्ता अतिरिक्त खर्चहरूले प्रायः सवारहरूलाई बोझ पार्न सक्ने तथा समग्र आनन्द र मनको शान्तिलाई असर गर्ने भएकाले पहिलो दुई वर्षको लागि करहरूको जिम्मा लिनेछ लिइएकाे भनाइ यामाहाकाे छ । 

शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिने अफर पनि जारी रहेकाे छ । जस लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहकाले कुनै पनि यामाहा शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !