२० बैशाख २०८१, बिहिबार

योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति :  21 June, 2023 9:58 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् ।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।

उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताउनु बताए । उनले प्राकृतिक वातावरणको हिसावले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको बताए ।

नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरुका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको बताए ।

प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए ।



प्रतिक्रिया दिनुहोस !