२५ बैशाख २०८१, मंगलबार

निजामति सेवामा आकर्षण बढाउन सरकारले प्याकेज ल्याउनुपर्छः अध्यक्ष रेग्मी

प्रकाशित मिति :  27 June, 2023 6:14 pm


काठमाडाैँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सकरारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले नागरिकहरू निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने बताएका हुन् । उनले अभिभवकहरूले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामति सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताए ।

उनले भने, “मानिसहरू निजामति सेवातर्फ किन आकर्षित भएनन्, भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ । आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कतिको भन्छौँ ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ की ? निजामति सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरु के गर्नुपर्ने हो ? हाम्रो मुलुक सामथ्र्य अनुसार तुलनात्मक रुपमा अरु सेवा समूहमा कस्तो अवस्था छ ? यो सबै हिसावले गर्नुपर्छ ।”

उनले निजामति कर्मचारीहरू २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवि कर्मचारी निजामति सेवामा नहुने समस्याले निजामति सेवालाई नै असर पुग्ने स्थिति आउने बताए ।



प्रतिक्रिया दिनुहोस !