६ जेष्ठ २०८१, आइतबार

एक हप्ताका लागि स्थगित भयो कक्षा १२ को उत्तरपुस्तिका जाँच

प्रकाशित मिति :  27 June, 2023 5:55 pm


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो ।

१८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि १९ गतेसम्मका लागि उत्तरपुस्तिका परीक्षण स्थगित भएको हो ।

सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरूको समस्या समाधान हुने गरी समेटिनुपर्ने माग हिस्टुनले राखेको छ ।

हिस्टुनका महासचिव शंकर तिवारीले देशभरका परीक्षण केन्द्रमा मंगलबारदेखि १९ गतेसम्मका लागि परीक्षणको कारण रोकिएको बताए । आफूहरूले आन्दोलन गर्दै आएको र सरकारलाई दबाब दिनका लागि परीक्षणको काम स्थगित गराईदिन अनुरोध गरेको र सोही आधारमा रोकिएको उनको भनाई छ ।

उमावि तहको दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रूपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिपस्र्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !