२१ बैशाख २०८१, शुक्रबार

‘प्रेम गीत ३’ डिशहोममा हेर्न पाइने

प्रकाशित मिति :  29 June, 2023 1:51 pm


काठमाडाैँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ।

‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ। सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछ।

यस्तै, डिशहोमको ‘एक्सभीओडी’मा पनि यो चलचित्र उपलब्ध हुनेछ। ‘एक्सभीओडी’मा यो चलचित्र उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ।

‘एक्सभीओडी’ डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो। यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाइफाइ डङ्गल वा ल्यान केबल जोडेर इन्टरनेट जोड्नुपर्ने कम्पनीले जनाएकाे छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरू सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।



प्रतिक्रिया दिनुहोस !