२४ बैशाख २०८१, सोमबार

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, बोर्डको बैठक बस्दै

प्रकाशित मिति :  6 July, 2023 10:06 am


काठमाडौँ । एसईई को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ।

२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । एसईई नतिजा यो वर्ष पनि पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ भएको छ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।

२०७९ चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ । नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्।

बोर्डले १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ व्यवस्था गरेको छ । साथै ५ वटाबाट एसएमएस र आइभिआरबाट नतिजा प्राप्त गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !