२ पुस २०८२, बुधबार

एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५

प्रकाशित मिति :  6 July, 2023 4:54 pm


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गत वर्ष भन्दा सुधार भएको जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको छ ।

बोर्डका अनुसार नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !