कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन र १५ दिनसम्म आवेदन दिनमिल्ने गरी भर्ना खुलाउन महानगरको निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।
कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
महानगरले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र२०८० मा कक्षाा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन निर्देशन दिएको हो ।
त्यस्तै देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरू आवेदन दिनबाट बञ्चित भएको गुनासोको ध्यानाकर्षण रहेको बताउदैँ एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न शिक्षण संस्थालाई निर्देशन समेत दिएको छ ।










