सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 10 July, 2023 11:42 am
काठमाडौँ । सोमबार सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आइतबार तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि स्थिर रहि सोही मूल्यमा कारोबार हुने जनाएको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनसार हिजो तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहि सोही मूल्य कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।








