१५ बैशाख २०८१, शनिबार

रेडक्रसमा डा. तिम्सिनाकै अध्यक्षतामा विशेष अधिवेशन सम्पन्न

प्रकाशित मिति :  10 July, 2023 8:49 pm



काठमाडौं । ननेपाल रेडक्रस सोसाइटीले आफ्नो विशेष महाधिवेशन सम्पन्न गरी डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार२०७७ साउन १२ गते तदर्थ समिति गठन भएको र त्यसयता निर्वाचित समिति नभएको कारण रेडक्रस सोसाइटीले आफ्नो विशेष महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको जनाएको छ । भ्रष्ट्राचार एवं चरम आर्थिक अनियमितताका तथा निर्वाचन २०७५ देखि नै सम्पन्न नभएको हुनाले तत्कालीन सञ्जीव थापा नेतृत्वको कार्यसमिति भंग गरि डा. तिम्सिनाको अध्यक्षतामा तत्कालीन तदर्थ समिति गठन भएको थियो ।

हालैमात्र सत्तारुढ दलका कार्यकर्ताहरूबीच रेडक्रसको नेतृत्व भागबन्डा गर्ने सहमति भएको थियो । केन्द्रीय कार्यसमितिमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष (खुला), उपमहामन्त्रीसहित १५, माओवादीले उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८, एकीकृत समाजवादीले महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना पाउने लिखित सहमति भएको गरिएको सावजनिक भएको थियो । त्यहीअनुसारजिल्ला प्रशासन कार्यालय, काठमाडौंले असार ११ गते नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयलाई निर्वाचन गर्ने आशयको पत्र पठाएको थियो । यो पत्राचारविरुद्ध सर्वोच्चअदालतमा रिटसमेत दायर भएको थियो ।

“विधान अधिवेशन गरी संशोधित विधान अनुसार रेडक्रसको शुद्धीकरण गर्ने अभियानमा स्वार्थ समूह र सरकारको हस्तक्षेपका कारण हुन नसकेको कुरा यहाँहरु सवैमा जानकारी नै छ । तथापी विकसित पछिल्ला घटनाक्रमका कारण निर्वाचन गरी नयाँ कार्यसमितिबट उल्लेखित कार्य गर्नु पर्ने अवस्था सृजना भयो सो अनुसार आज मिति २०८० आषाढ २५ गते निर्वाचन सम्पन्न भएको छ,”   विशेष अधिवेशनपछि जारी विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र महामन्त्री दिपेन्द्रराज ढकालद्वारा जारी विज्ञप्तिमा अब ७७ जिल्लाका शाखाहरुलाई सबै ७५३ पालिकाहरुमा विस्तार गरी गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा शाखाहरु गठन गर्ने कार्य प्रारम्भ गरिने तथा । संघीय शासकीय स्वरुप अनुरुप संस्थाका विभिन्न निकायहरुलाई स्थापित गरिने उल्लेख छ ।
नयाँ विधानले पालिकाका शाखामा ४० प्रतिशत महिला र युवा सहभागिता, ५ प्रतिशत अल्पसंख्यक एवं पिछडिएका समुदाय, कम्तिमा एक महिलासहित ३ जना दलित र कम्तिमा एक जना अपांगता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्ने गरी विधानको संशोधन गर्न विशेष महाधिवेनले म्यान्डेट प्रदान गरेको दाबी गरिएको छ ।

त्यसैगरी रेडक्रसका प्रत्येक तहको कार्यसमितिमा पदाधिकारीहरु दुई कार्यकाल मात्र रहने व्यवस्था हुने प्रस्ताव महाधिवेशनले पास गरेको छ । रेडक्रसका सब तहमा जुनियर रेडक्रस र युवा रेडक्रसका प्रतिनिधिलाई पदेन सदस्यका रुपमा अनिवार्य गरिएको छ ।
यस्तो छ, नवनिर्वाचित कार्यसमिति

अध्यक्ष- डा नेत्र प्रसाद तिम्सिना
महिला उपाध्यक्ष- चन्द्रकला कार्की
उपाध्यक्ष-डा. विशाल भण्डारी
महामन्त्री-दिपेन्द्रराज ढकाल
कोषाध्यक्ष(सीताराम कोइराला
उपमहामन्त्री-जगदीश भट्टराई
उप-कोषाध्यक्ष-होम प्रसाद पाठक
महिला सदस्य
मिता केसी
प्रभा ढकाल
कल्पना शर्मा अधिकारी

खुला सदस्य

प्रदिप घिमिरे
लेखबहादुर हमाल
ऋषीरमण खनाल
चन्द्रमणी पौडेल
नानीमैया थापा
मदनराज कटुवाल
रामेश्वर थापा
सरस्वती जोशी
सुमन राजभण्डारी
सुजाता (अधिकारी गिरी
वसन्तकुमार श्रेष्ठ
माया मैया गरुङ
जय प्रकाश श्रेष्ठ
मञ्जु माया खड्का
कविन्द्र कार्की
ज्योती रौनियार
प्रकाशचन्द्र खरेल- कोशी प्रदेशबाट निर्वाचि
यादवकुमार सरकार- मधेश प्रदेशबाट निर्वाचित

कुमार कार्की- बागमती प्रदेशबाट निर्वाचित
बाबराम देवकोटा-, गण्डकी प्रदेशबाट निर्वाचित
हरिप्रसाद सुवेदी-, कर्णाली प्रदेशबाट निर्वाचित
छेपाल दोर्जे लामा- सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सदस्य



प्रतिक्रिया दिनुहोस !