२ माघ २०८२, शुक्रबार

‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

प्रकाशित मिति :  14 July, 2023 5:52 pm


काठमाडौँ । ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।

तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औं बैवाहिक वर्षगाँठको अवसरमा एभरेस्ट एफएमका प्रबन्धक निर्देशक श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रासहित सम्मानित भएका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङले श्रेष्ठलाई आगामी दिनमा पारदर्शि एवं  निष्पक्षका साथ सूचनाको प्रभावकारितालाई बिशेष जोड दिन आग्रह गरेका थिए ।

सो अवसरमा श्रेष्ठले अन्नपूर्ण एफएमले बलियो जगको काम गरेको उल्लेख गर्दै आवाज विहिनको आवाज बनेर अघि बढीरहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !