१० पुस २०८२, बिहिबार

सिनामंगलमा शंकास्पद वस्तु राखेकाे आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  19 July, 2023 12:50 pm


काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।

प्रहरीले रौतहटका खाजांगी पासवानलाई सिनामंगल क्षेत्रबाटै पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तुनजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस !