२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमण निको हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति :  22 April, 2020 5:06 pm


काठमाण्डौं, १० वैशाख ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७ पुगेको छ ।

संक्रमित ४५ जना मध्य ७ जना निको भएर फर्किका हुन् । आज मात्रै दुईजना डिस्चार्ज भएका छन् ।

आज सेती अस्पतालबाट ४० बर्षीय १९ दिन र टेकु अस्पतालबाट ३२ बर्षीय पुरुष २९ दिनको उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अहिलेसम्म सेती अस्पतालबाट ३,बागलुङ अस्पतालबाट १, टेकु अस्पतालबाट ३ जना विरामी उपचारपछि निको भएर घर फर्कीएका छन् ।

नेपालमा आजसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन्।

हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएको डा. देवकोटाले जानकारी लिए ।

आइसोलेसनमा देशभरी ९५ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन्। क्‍वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जानकारी लिए ।

सम्बन्धित समाचार

थप तीन जनामा कोरोन संक्रमणको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो



प्रतिक्रिया दिनुहोस !