३ पुस २०८२, बिहिबार

अधिवक्ता भगवती पाण्डे शितल विरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति :  28 July, 2023 2:18 pm


काठमाडौं । अधिवक्ता भगवती पाण्डे शितल विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता पाण्डे दिएको विरुद्ध तामाङ, मगर समुदायले उजुरी दिएका थिए ।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।

पाण्डेलाई जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरी परेको हुनाले पक्राउ पुर्जी जारी गरेको अधिकारीले बताए ।

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

टेलिभिजनसँगको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

नेपालका केही समूदायमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद उपन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !