६ जेष्ठ २०८१, आइतबार

सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रकाशित मिति :  7 August, 2023 2:22 pm


काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। 

सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन् । दाहालले उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराजपाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमामाओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराए।

दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताए ।

उनले भने, “हाम्रो पार्टीको केन्द्रीय समिति बैठकलेलिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षको मात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिकन्यायसहितको रुपान्तरणका साथ अगाडी बढ्नका लागि हाम्रो संघीय संसदको भुमिकालाईअझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो ।”

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरीसमायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए छन् ।



प्रतिक्रिया दिनुहोस !