४ पुस २०८२, शुक्रबार

पोखरामा विद्यालय हिडेका ३ जना बालिका बेपत्ता

प्रकाशित मिति :  15 August, 2023 2:21 pm


काठमाडौं । पोखरामा विद्यालय जाने भनेर घरबाट निस्किएका ३ जना बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका तीन बालिका आजसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने तीन बालिका रहेका छन्। बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार सम्पर्क बिहीन भएकोमा हालसम्म पनि सम्पर्कमा नआएको प्रहरी जनाएको छ।

आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए। परिवारका अनुसार उनीहरू हराउँदा बखत सेतो सट, निलो स्कटको स्कुल ड्रेस लगाएका थिए।

परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, इस्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।



प्रतिक्रिया दिनुहोस !