६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिकलाई प्रकाउ गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा काठमाडौंबाट बिहीबार राति २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रकाउ गरिएकाहरुको नाम भने खुलाइएको छैन
वुधबार पनि सोही प्रकरणमा प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अवैध सुन ओसारपसार तथा सङ्गठित अपराध अन्तर्गत मुद्दा चलाइसकेको छ । प्रहरीले ललितपुरको एक अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।
राजश्व अनुसन्धान विभागले साउन ३ गते ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएपछि बरामद गरेको थियो ।
यस प्रकरणमा हालसम्म २३ जना प्रकाउ परेका छन् । राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। विभागले सुन प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लगाएको थियो ।








