काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खस्यो
प्रकाशित मिति : 23 August, 2023 12:04 pm
धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी–२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अहिले उद्धार कार्य भइरहेको हुनाले क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । ।








