१८ बैशाख २०८१, मंगलबार

आजदेखि हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान हुने

प्रकाशित मिति :  29 August, 2023 9:55 am


काठमाडौँ । नेपाल वायुसेवा निगमले आजबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको निगमले जनाएको छ।

उडान तालिकाअनुसार आज बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ। ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ ।

आजदेखि हरेक मङ्गलवार एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । विस्तारै मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमलृ जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !