१८ बैशाख २०८१, मंगलबार

बालिका बलत्कारको आरोपमा प्रधानध्यापक पक्राउ

प्रकाशित मिति :  29 August, 2023 1:33 pm


काठमाडौं । बालिका बलत्कारको आरोपमा तनहुँको एक विद्यालयका प्रधानध्यापक पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका(७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो ।

गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।



प्रतिक्रिया दिनुहोस !