१८ बैशाख २०८१, मंगलबार

पाल्पामा गुडिरहेको स्कार्पियो माथि ढुंगा खस्दा ३ जनाको मृत्यु

प्रकाशित मिति :  30 August, 2023 10:03 am


काठमाडौँ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको स्कार्पियो माथि ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ।

तम्घासदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो रिब्दीकोटमा ढुंगासँगै पहिरो खस्दा जिपको पछाडि सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् । घाइतेहरुलाइ पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !