१७ बैशाख २०८१, सोमबार

राहुल महरा सुन तस्करी प्रकरणमा छानबिनका लागि सिआइबीमा उपस्थित

प्रकाशित मिति :  30 August, 2023 4:46 pm


काठमाडौँ । राहुल महरा सुन तस्करी प्रकरणमा छानबिनका लागि भन्दै आफै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उपस्थित भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू सिआइबीमा उपस्थित हुन लागेको जानकारी गराएका थिए । पारिवारिक स्रोतका अनुसार राहुल आज आफै सिआइबीमा उपस्थित भएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“ कथित ठूलो भनिएका मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रयल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा मा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु ।”

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिको राहुमाथि आरोप लाग्दै आएको छ । उनी पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।

गत वर्ष भेपमा लुकाएर सुन तस्करी भएको र तस्करीमा संलग्न चिनियाँ ब्यापारी दावासँग राहुलको टेलिफोन सम्पर्क देखिएको सार्वजनिक भएको थियो ।

राहुल सिआइबीको नियन्त्रणमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !