२२ बैशाख २०८१, शनिबार

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

प्रकाशित मिति :  4 September, 2023 12:48 pm


काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेका ति पुरुषको अहिले सम्म पहिचान नभएको अस्पताल स्रोतले जनाएको छ ।

विहान २देखि ३ बजेतिर हामफालेका ती पुरुष अन्दाजी ४० वर्षको देखिने अस्पतालले जनाएको छ । विरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका ति पुरुष छैटौं तलामा गएर हामफालेको अस्पतालको भनाई छ ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !