२२ बैशाख २०८१, शनिबार

काठमाडौं प्रशासनले भन्यो: सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु

प्रकाशित मिति :  4 September, 2023 1:53 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं प्रशासनले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अबरोध नपुर्‍याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।

काठमाडाैं प्रशासनले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ । ।

आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउन प्रशासनले अनुरोध गरेको छ ।

सहायक सीडीओ खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र समेत गर्ने गरेको जानकारी गराउँदै सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम भएको सम्झाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिबारे प्रशासनले मेयर बालेनलाई नै लक्षित गरेर विज्ञप्ति निकालेको हो ।



प्रतिक्रिया दिनुहोस !