रौतहटमा एक पुजारी माथि सांघातिक आक्रमण
प्रकाशित मिति : 8 September, 2023 1:17 pm

काठमाडौं । रौतहटमा एक मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ ।
बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।
आक्रमण कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।