दाङको तुलसीपुर आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सापकोटा रु. २६ लाखसहित पक्राउ
प्रकाशित मिति : 11 September, 2023 11:05 am

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित कर अधिकृत पक्राउ परेका छन् ।
दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत खगेन्द्र सापकोटा नगद रकमसहित पक्राउ परेका हुन् ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
तुलसीपुर आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको प्रवक्ता डाँगीले जानकारी दिए ।
रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लगिएको छ ।