६० किलो सुन प्रकरणमा मुद्दा दर्ता,२९ जना प्रतिवादी
प्रकाशित मिति : 17 September, 2023 5:50 pm

काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले ६० किलो सुन सम्बन्धी मुद्दा दर्ता गरेको छ ।
जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले पक्राउ परेका र फरार गरेर २९ जनालाई प्रतिवादी बनाए मुद्दा दर्ता गरिएको जानकारी दिए ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।
हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट ब्रेक शु भित्र रहेको सुन विभागले पक्राउ गरेपछि तौलिदा ६० किलो ७१६ ग्राम देखिएको थियो ।
यो बाहेक पनि अन्य सुन समेत भित्रिएको आकलन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको थियो । यसैलाई आधार मान्दै गर्दै सरकारी वकिल कार्यालयले पनि कुल ३६२.७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ ।