१७ बैशाख २०८१, सोमबार

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई वालिङ नगरपालिकाकाे निर्देशन

प्रकाशित मिति :  18 September, 2023 12:41 pm


काठमाडौँ । वालिङ नगरपालिकाले शिक्षक तथा निजामति कर्मचारीलाई कुनै किसिमको राजनीतिक कार्यक्रममा संलग्न नहुँन निर्देशन दिएको छ ।

नगर प्रमुख कृष्ण खांँणले एक सूचना जारी गर्दै पालिकाका शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी नहुन निर्देशन दिएका हुन् ।

शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रूपमा रहेको प्रष्ट पार्दै नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।

साथै नगरपालिका नगरकार्यपालिकाको यही भदौ २६ गतेको बैठकको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारीहरू कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रमहरूमा संलग्न नहुने निर्णय गरेको हुँदा यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

यो निर्णय विपरित कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !